त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै
- असार ३, २०८२
- 0

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।
मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् ।
सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।
यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।
यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।
0 प्रतिक्रिया
रविन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार, बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा बिहान ८ः३० बजे बीपी स्मृति भवन, […]
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर […]
सदन अवरोध खुलाउन सभामुख र प्रमुख पाँच दलका सचेतकबीच छलफल

रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा कानून, न्याय तथा […]
प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसदहरूले निलो खादा लगाएर आएकोप्रति कांग्रेसको नियमापत्ति

रास्वपाका सांसदहरूले निलो खादा लगाएर आएपछि प्रतिनिधि सभा बैठकमा काँग्रेसले नियमापत्ति गरेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले […]