भारतको अहमदाबादमा २४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना
- जेष्ठ २९, २०८२
- 0

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।
लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।
भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।
0 प्रतिक्रिया
आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ । मानव रगत समूह […]
प्रधानमन्त्री ओलीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ […]
पूर्णबहादुर भन्छन् ‘यो डालोले दुई वर्ष सघाउँछ, हृदयदेखि नै भरोसा दिलाउँछ’

विकास निमार्ण, अवस्था परिवर्तन र समृद्घितिरको यात्रामा देश सधैँ गतिशील हुुनुु पर्छ । देशलाई हाँक्ने यत्र भनेको सरकार अर्थात् राज्य […]
कोशी, बाग्मती र गण्डकी प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना

हाल देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी […]