उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
- जेष्ठ २९, २०८२
- 0

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पु¥याउन समेत विश्व बैँकसँग आग्रह गरे । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । भेटमा विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैँकले अप्पर अरुण जलविद्युत आयोजनालाई विश्व बैँकले प्राथमिकतामा राखेको बताए ।
0 प्रतिक्रिया
रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका […]
संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला […]
नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ […]
‘प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा […]