युएई एक्सचेन्जको दशैं–तिहार योजना, हिमाल रेमिटबाट पैसा पठाउदा दश लाखसम्म उपहार
- भदौ १०, २०७६
- 0
नेपालीहरुको महानपर्व दशै, तिहार तथा छठ नजिकिएसँगै ती चाडपर्वलाई लक्षित गरि युएई एक्सचेन्जले उपहार योजना ल्याएको छ । युएई एक्सचेञ्जले हिमाल रेमिटबाट नेपालमा पैसा पठाउने ग्राहकका लागि दशै तिहार उपहार योजना अन्तर्गत १० लाखसम्मको उपहार योजना सार्वजनिक गरेको हो ।
यहीँ अगष्ट २५ तारिखदेखि सुरु भएको ‘दशैँ आयो, रेमिट गरौँ, हिमालयबाट १० लाख जितौँ’ योजना अक्टोबर ५ तारिखसम्म चल्ने र यस अवधिमा हिमाल रेमिटबाट नेपालस्थित हिमालय बैंकमा पैसा पठाउने ग्राहकले १० लाख रुपैयाँसम्म नगद पुरस्कार पाउने युएई एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईंले बताए ।
यो योजना अन्तर्गत यस अवधिमा युएईस्थित युएई एक्सचेञ्जका विभिन्न शाखाबाट हिमाल रेमिटमार्फत नेपालमा पैसा पठाउने मध्ये ६ जना ग्राहकले उक्त योजना अन्र्तगतको रकम पाउने छन् ।
यस्तै पाँच हप्तासम्म चल्ने साप्ताहिक ड्रमा प्रत्येक हप्ता एक जनाले १ लाख नगद जित्नेछन् भने मेगा ड्र मा ५ लाख नगद पुरस्कार रहनेछ । यो उपहार योजना युएईमा रहेका नेपालीका लागि मात्र लागू हुने प्रसाईले बताए ।
युएईमा कार्यरत नेपालीहरुलाई वैधानिक तवरले स्वदेशमा पैसा पठाउन प्रेरित गर्ने उद्देश्यले विगतका वर्षदेखिकै युएई एक्सचेन्जले विभिन्न उपहार योजनाहरु ल्याइरहेकोमा यो योजना पनि त्यसैको निरन्तरता भएको प्रसाईले बताए ।