मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
- जेष्ठ २७, २०८२
- 0

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ ।
आगामी आवको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सावर्जनिक सुचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग राय–सुझाव माग गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय–सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन् । सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेलमार्फत पठाउन सक्नेछन् । राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आव सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ ।
0 प्रतिक्रिया
नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । […]
बजारमा गर्मीका विद्युतीय सामग्री : औषत व्यापार, करको मारमा व्यापारी

सबिता नयाँजू / गर्मी मौसमलाई मध्यनजर गरी व्यवसायीहरूले बजारमा विभिन्न प्रकारका फ्यान, कुलर र एसीहरू ल्याएका छन् । तर व्यापार […]
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु, आजै नतिजा आउने

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ […]
प्रतिनिधिसभाको बैठक बस्दै, हटला त प्रतिपक्षीको अवरोध ?

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २७ औँ बैठक बिहिबार दिनको ३ बजेका लागि बोलाइएको हो […]