केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

news-details

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नेपालका राष्ट्रपति राम चन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् ।

सोही दिन महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीद्वारा कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन पनि गरिएको छ ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनद्वारा आयोजित विशेष समारोहमा महामहिमको अध्यक्षतामा दुवै देश बिचको व्यापार प्रवर्द्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबद्धता जनाइएको थियो ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *