एभरेष्ट बैंक र नेशनल प्याबशनबीच साझेदारी

news-details

एभरेष्ट बैंक लिमिटेडले हालै नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याबशन) सँग सम्बन्ध विकास र विस्तार गर्दै इबीएलको सेवाहरु नेशनल प्याबशनको सदस्य स्कुलहरुमा प्रवद्र्धन गर्न साझेदारीपत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार, नेशनल प्याबशनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पु¥याउनेछ । ईबीएलले पनि नेशनल प्याबशनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२ बेस रेट, २.५० %) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।

साथै दुई संस्थाबीच दिर्घकालिन सहकार्यसम्बन्धी अन्य विभिन्न विषयहरु यस एमओयूमा उल्लेख गरिएको छ । “सर्भिस विथ स्माइल” नारा सहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

एभरेष्ट बैंकका सिईओ सोमेश्वर सेठ तथा नेशनल प्याबशनका अध्यक्ष रितु राज सापकोटाले एकआपसमा एमओयू साटा–साट गरेका छन् । एभरेष्ट बैंकले प्रदान गर्ने सेवा तथा सहकार्यका विषयमा नेशनल प्याबशनको वार्षिक अधिवेशनमा छलफल गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *