कतारले उपहार दिएको बोइङ–७४७ विमान अमेरिकाले स्वीकार गर्यो
- जेष्ठ ८, २०८२
- 0

अमेरिकाले कतारबाट उपहारस्वरूप पाएको बोइङ ७४७ विमान स्वीकार गरेको छ । अमेरिकाको रक्षा मन्त्रलय पेन्टागनका प्रमुख प्रवक्ता सीन पार्नेलले बुधबार संघीय नियमहरूको पालना गर्दै कतारबाट बोइङ–७४७ विमान स्वीकार गरेको बताएको छ ।
यस्तो उपहार लिन हुने र नहुनेबारे आलोचना भइरहेको भए पनि यो विमान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान (एयर फोर्स वनको)का रूपमा प्रयोग हुनेछ ।
यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न अझै केही ‘मोडिफिकेसन’हरू गर्नुपर्ने बताइएको छ ।
राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यो उपहार कानुनी भएको दाबी गरेको भए पनि गत हप्ता यसको स्थानान्तरण घोषणा गर्दा ठूलो विवाद उत्पन्न भएको थियो । कतारी राजपरिवारबाट उपहारस्वरूप दिइएको यो विमानको अनुमानित मूल्य चार सय मिलियन डलर रहेको छ ।
0 प्रतिक्रिया
बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ […]
एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको […]
युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी […]
यी हुन् मंगलबार बसेको मन्त्रीपरिषद बैठकका ९ वटा निर्णय

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले […]
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’गर्न मात्र आएको सभापतिको आरोप

सार्वजनिक लेखा समितिमा आज पनि सांसद र सभापतिबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा वुधबारको […]