ललितपुर सिटी दोस्रो पटक एनएसएल च्याम्पियन

news-details

ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ ।

एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २-१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो ।

दशरथ रंशगालामा भएको खेलमा ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।

दोस्रो पटक विजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पोखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *