वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी
- बैशाख १, २०८२
- 0

पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।
कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दीपक पटेलले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिवार साँझ देखि लागू गरिएको कफ्र्यु आदेश निन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कफ्र्युको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार निषेधाज्ञा जारी भएको र उक्त आदेशलाई उल्लघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने पर्साका प्रशासकिय अधिकृत पटेलले बताए ।
पुर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ ।