हर्क साम्पाङलाई प्रधानमन्त्रीले भने- ‘धरानबासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो’
- चैत्र २५, २०८१
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्।
‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीले भने।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ।
0 प्रतिक्रिया
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् । मंगलबार आयोजित बृहत खबरदारी सभालाई […]
कार्यकाल सफल रहेको वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमितिको दावी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान नेतृत्वले आफ्नो कार्यकाल सफल भएको दावि गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले आज […]
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन् […]
राप्रपाको बृहत खबरदारी सभा (तस्वीरहरु)

राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला भइरहेका छन्। उक्त भेलालाई मध्येनजर गर्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ। गत चैत […]
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ

गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् […]