वुमन्स डे कप : नेपाल आज युगान्डासँग प्रतिस्पर्धा गर्दै
- फाल्गुन २९, २०८१
- 0

वुमन्स डे कपमा नेपाल आज (विहीवार) घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा पाँचौं दिनका खेलहरू मध्ये आज दुई खेल हुदैछ ।
आज पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेल घरेलु टोली युगाण्डा र नेपाल खेल्ने भएका छन् । खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।
जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आजको खेलमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नेपालले, जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ ।
आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।
0 प्रतिक्रिया
चैत्र १५ गते वृहत् जनसभा गर्दै समाजवादी मोर्चा

समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने […]
गुलाम अली काठमाडौंमा, शनिबार ललितपुरमा गुञ्जिने

प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बीहिबार बेलुका काठमाडौं आइपुगेका छन् । शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन […]
मलंगवाका अधिकांश अस्पताल अवैध, १९ वटा अनुगमन गर्दा १५ वटा बन्द गर्न निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल र अन्य निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन […]
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको […]
वुमन्स डे कपमा आज नेपालले हङकङसँग खेल्दै

युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र […]