एनआरएनए एशिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।

आगामी साता, मार्च १८ र १९ तारिखमा कम्बोडियाको होटल कम्बोडियाना, फनोम पेनमा आयोजना हुने १० औं क्षेत्रीय सम्मेलन ‘संगम’ एनआरएनएको एकता सम्मेलन हुने क्षेत्रीय संयोजक हरि भट्टराईले जनाएका छन्।

पर्यटन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने सो सम्मेलनमा विश्वभरबाट एनआरएनए सदस्यहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाल सरकारका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, विश्वभरका एनआरएनएका अग्रजहरू, कलाकारहरू र संचारकर्मीहरूको उपस्थिति हुनेछ। कार्यक्रममा ३५ देशका करिब ४०० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्।

गत वर्षका सम्मेलनहरूभन्दा पृथक हुने भनाई संघका सचिव पारसमणी पोखरेलले जनाए। सम्मेलनमा अभिनेत्री मनिषा कोइराला, नायक राजेश हमाल, संचारकर्मीहरू टिकाराम यात्री र नरेश भट्टराईको विशेष उपस्थिति रहनेछ।

गैरआवासीय नेपाली संघ एशिया क्षेत्रीय उपसंयोजक दीपक कंडेलले संघभित्रका आन्तरिक असहमतिहरूलाई सम्मेलनमा छलफल गरेर एकताको सन्देश दिन आग्रह गरे।

सम्मेलनमा वैदेशिक रोजगार, नेपालमा लगानी, गैरआवासीय नेपाली नागरिकता, पिएनओ, नेपालमा पर्यटन प्रवर्धन लगायतका विषयमा छलफल हुने बताइएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *