फागुन २६ र २७ गते ‘राष्ट्रिय रोजगार सम्मेलन’, तयारी अन्तिम चरणमा
- फाल्गुन २३, २०८१
- 0

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ काठमाडौमा आयोजना गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।
नेपालको रोजगारीको क्षेत्रमा देखा परेको संकुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न नेपाल सरकारले आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्न ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१’ मार्फत सम्पूर्ण सरोकारवालाहरुवाट उचित पृष्ठपोषण प्राप्त हुने अपेक्षा मन्त्रालयको रहेको छ ।
यसको साथै, सम्मेलनका सहयोगी संस्थाहरुमा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स संघ, होटल एसोसिएसन नेपाल, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स, निर्माण व्यवसायी संघ, नेपाली उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन), आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व बैंक, स्वीस विकास सहयोग/हेल्भेटास, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, गैर आवासीय नेपाली संघ, खाद्य तथा कृषि संगठन, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल, कान्तिपुर मिडिया ग्रुप–मिडिया पार्टनर, अन्तर्राष्ट्रिय श्रम संगठन, खाद्य तथा कृषि संगठन, नेपाली उद्योग परिसंघ, निर्माण व्यवसायी संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल र गैर आवासीय नेपाली संघ रहेका छन् ।
यस्तै, सम्मेलनका सह आयोजकहरु (प्रायोजन सहित) वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोष रहेको छ ।
नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि आवश्यक सीपयुक्त जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रवद्र्धन र बालश्रम निवारण लगायतका काम हुँदै आएको छ ।
गरिबी न्यूनीकरणको लागि उत्पादकत्व अभिवृद्धि र श्रमको प्रभावकारी व्यवस्थापनबाट आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, मर्यादित काम र दिगो सामाजिक सुरक्षालाई सुनिश्चित गर्दै सामाजिक न्याय सहितको समावेशी विकास गर्नेगरी सोही योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ ।
मुलुकको आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा कूल ७,१४,२९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरेतापनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको छ ।