मच्छिन्द्र क्लबले तेस्रो पटक जित्यो केपी ओली कप फुटबलको उपाधि
- फाल्गुन १९, २०८१
- 0

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि हात पारेको हो ।
मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो ।
उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त गर्यो । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुपर्यो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए ।
0 प्रतिक्रिया
मच्छिन्द्र क्लबले तेस्रो पटक जित्यो केपी ओली कप फुटबलको उपाधि

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० […]
सामाजिक संजालमा मेयर बालेनको ६ बुँदे ब्रिफिङ : ‘सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार छु’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको र यसका लागि कसैसँग सम्झौता नगर्ने बताएका […]
फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन’ हुने

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ […]
हृदयघात भएपछि पूर्वयुवराज पारस शाह नर्भिकमा भर्ना, अवस्था सुधारोन्मुख

पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा […]
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको […]