बहराइनमा आयोजित बिजनेस समिटमा व्यवसायी रघु पुरीले पाए ‘बेस्ट रिक्रुटमेन्ट पार्टनरशीप अवार्ड’

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सल्लाहकार एवं व्यवसायी रघुनाथ पुरीलाई ईराम होल्डिङस्द्वारा बहराइनमा आयोजित बिजनेस समिटमा ‘बेस्ट रिक्रुटमेन्ट पार्टनरसीप अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ ।

पुरीको द रिभर ओभरसिजले वैदेशिक रोजगार क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि नेपालबाट मध्यपूर्व एशियामा धेरै संख्यामा कामदार पठाउँदै आएको छ ।

द रिभर ओभरसिज नेपालबाट हरेक वर्ष सबैभन्दा धेरै कामदार पठाउने एजेन्सीमा पर्छ ।

यसैबीच सम्मान पाएकोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले शुभकामना सन्देश जारी गरेका छन् ।

व्यवसायी पुरीले अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगाार व्यवसायीकारुपमा व्यवसायिक विश्वसनियता र स्थायित्व कायम गरेको भन्दै भण्डारीले शुभकामना सन्देशमा भनेका छन ‘अबका दिनमा सबै व्यवसायिहरुले यसैगरी आफुले गरेको व्यवसायलाई गन्तव्इ मुलुकका रोजगारदातासँग सम्मानित हुन प्रेरित गर्ने भूमिका निभाउन सक्छन ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *