गुरुङको अध्यक्षतामा लोकतान्त्रिक र गणतान्त्रिक व्यवसायीबीच चुनावी तालमेलसहित प्यानल घोषणा
- रोजगारमञ्च
- माघ २७, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Loktantrik-Ganatantrik-Pannel-1739077714.jpg)
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानल घोषणा भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक एसोसिएसन र नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चबीच सहमति जुटेपछि शनिबार संयुक्त प्यानल घोषणा भएको हो ।
लोकतान्त्रिक–गणतान्त्रिकको संयुक्त प्यानलबाट अध्यक्षमा भुवनसिंह गुरुङले उम्मेदवारी दिने भएका छन् । गुरुङ संघको गत निर्वाचनमा स्वतन्त्ररुपमा अध्यक्ष पदमा नै उम्मेदवारी दिएका थिए । उनी संघको पूर्व द्वितीय उपाध्यक्षसमेत हुन् । आफू नेतृत्वको प्यानलबाट गणतान्त्रिक मञ्चले एक सचिवसहित दुई सदस्यमा उम्मेदवारी दिने सहमति जुटेको छ । गणतान्त्रिकका महासचिव कुन्छादोर्जे डिम्दोङले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । यसैगरी गणतान्त्रिकबाट दुई सदस्यमा भरत सापकोटा र रेखा शर्मा छन् । यसबाहेक सबै पदाधिकारी र सदस्यहरु लोकतान्त्रिक एसोसिएसनबाटै रहेका छन् ।
प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू उम्मेदवार बन्ने निश्चित भएको छ । यस प्यानलबाट महासचिवमा महेशकुमार बस्नेत र कोषाध्यक्षमा सबिताकुमारी सिंहलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी सदस्यका उम्मेदवारहरुमा विक्रम श्रेष्ठ , विद्यालक्ष्मी वज्रचार्य , दीपककुमार राय , देवीप्रसाद गिरी , सुवर्ण लामा र सुमनराज पाण्डे रहेका छन् ।
अध्यक्षका उम्मेदवार गुरुङले लोकतान्त्रिक एसोसिएसनमा रहेको आन्तरिक विवादसमेत टुंगिएको बताए । यसअघि कुमुद खनाललगायत असन्तुष्ट समूहले छुट्टै प्यानल घोषणा गरेका थिए । गुरुङलाई उम्मेदवार बनाउने एसोसिएसनको निर्णयमा असन्तुष्टि जनाउँदै खनालको नेतृत्वमा प्यानल घोषणा भएको थियो । तर, शनिबारको सहमतिपछि लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिकको एउटामात्र प्यानल रहने गुरुङले बताए । ‘आन्तरिक विवाद अब केही छैन । मेरो नेतृत्वमा एउटै प्यानल चुनावमा जान्छ,’ उनको भनाई छ ।
लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानल
अध्यक्षः
भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः
नरेन्द्रप्रसाद ढकाल
द्वितीय उपाध्यक्षः
देवकुमार खोखाली
तृतीय उपाध्यक्षः
हर्कबहादुर लिम्बू
महासचिवः
महेशकुमार बस्नेत
सचिवः
कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः
सबिताकुमारी सिंह
सदस्यः
विक्रम श्रेष्ठ, विद्यालक्ष्मी वज्रचार्य, दीपककुमार राय, देवीप्रसाद गिरी, सुवर्ण लामा, सुमनराज पाण्डे, भरत सापकोटा र रेखा शर्मा