राष्ट्रिय सभामा दलित सांसद मञ्च गठन : संयोजकमा सुनार

news-details

विभिन्न राजनैतिक दलहरुबाट दलित समुदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यहरुको सहभागितामा दलित सांसद मञ्च गठन गरिएको छ ।

जेष्ठ सदस्य भुवन बहादुर सुनारको संयोजकत्वमा ८ सदस्यीय कार्यसमिती सहीत मञ्चको गठन गरिएको हो । जसअन्तर्गत अध्यक्षमा सुनारसहीत तुल प्रसाद विश्वकर्मा, गोपीबहादुर अछामी सार्की, राधेश्याम पासवान, विष्णु बहादुर विश्वकर्मा, घनश्याम रिजाल, पदम बहादुर परियार, जगत बहादुर पार्कीको कार्यसमिति गठन भएको हो ।

राष्ट्रिय सभामा दलितका मुद्दालाई सशक्त रुपमा उठान गर्दै पिछडिएका दलित समुदायलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा साथै उनीहरुका हक अधिकारलाई सुनिश्चित गर्न मञ्च गठन गरिएको अध्यक्ष सुनारले जानकारी दिए ।

त्यस्तै सुनारको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल समेत गरेको छ जसअन्तर्गत दलित सांसद मञ्च गठन, कार्यविधि स्वीकृती, अन्तरजातीय विवाह गर्ने जोडीलाई राज्यले गरेको अत्याचार विरुद्ध सदनमा एकजुट भएर सशक्त रुपमा खबरदारी गर्ने लगायतका विविध निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *