विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता
- माघ २५, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Arju_Iran.jpg)
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् ।
फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।
इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् । तर हालसम्मको सूचीमा जोशीको नाम सार्वजनिक भएको छैन ।
मन्त्री डा राणाले इजरायल, इजिप्ट, कतारलगायतका विदेशमन्त्री तथा प्रतिनिधिसँग यसै विषयमा फोनवार्ता गरेकी थिइन् ।
0 प्रतिक्रिया
मुख्यमन्त्रीसँगको भर्चुअल बैठकमा प्रधानमन्त्रीले भने ‘समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौँ’
![मुख्यमन्त्रीसँगको भर्चुअल बैठकमा प्रधानमन्त्रीले भने ‘समस्यालाई पहिचान गरेर एक्सनमा जान्छौँ’](https://rojgarmanch.com/wp-content/uploads/2025/02/P-7-scaled.jpeg)
प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा मुलुकका सातै प्रदेशका […]
प्रभु बैंकले किसान वर्गलाई लक्षित गरी कर्जा प्रवाह गर्ने
![प्रभु बैंकले किसान वर्गलाई लक्षित गरी कर्जा प्रवाह गर्ने](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Prabhu_CCC.jpg)
प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी कर्जा प्रवाह गर्ने भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको ‘प्रथम राष्ट्रिय […]
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिने निर्णय
![निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिने निर्णय](https://rojgarmanch.com/wp-content/uploads/2025/02/CC-scaled.jpg)
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय […]
राष्ट्रिय सभामा दलित सांसद मञ्च गठन : संयोजकमा सुनार
![राष्ट्रिय सभामा दलित सांसद मञ्च गठन : संयोजकमा सुनार](https://rojgarmanch.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-07-at-15.32.54.jpeg)
विभिन्न राजनैतिक दलहरुबाट दलित समुदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यहरुको सहभागितामा दलित सांसद मञ्च गठन गरिएको छ । जेष्ठ सदस्य भुवन […]
रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न रास्वपाको माग
![रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न रास्वपाको माग](https://rojgarmanch.com/wp-content/uploads/2025/02/DP-2.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् […]