सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

news-details

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा बीमा क्षेत्रमा धेरै समस्याहरु देखिएको बताए ।

उनले भने, ‘म स्वीकार गर्छु बीमा व्यवस्थित गर्न जरुरी छ । यसमा धेरै समस्याहरु छन् । व्यवस्थित हुन नसकेको मुख्य कारण यसको कोष सुरक्षित नभएर हो । अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा यो स्थिति भएको हो । राज्यले नियमित दिने बजेटले यसको ६ भागको एक भाग पनि नपुग्ने स्थिति बनेको छ । त्यसैले यसको कोष कसरी सुनिश्चित गर्न सकिन्छ । त्यसको व्यवस्थापकीय सुधार कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

त्यस्तै, उनले अहिले जसरी नै विरामीको सङ्ख्या बढ्दै जाने हो भने उपचार गर्नको लागि राज्यको क्षमता नपुग्ने बताए । निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै उनले त्यसको एउटा महत्वपूर्ण माध्यक खोप नै रहेको बताए ।

उनले भने, ‘हामीले विभिन्न रोगहरुको रोकथामको उपाय खोज्न आवश्यक छ र यसरी विरामीको सङ्ख्या बढ्दै जाने हो भने राज्यको क्षमता उपचार गर्नको लागि पुग्दैन् । त्यसलै नेपालीलाई निरोगी कसरी राख्न सकिन्छ । यो निरोधात्मक क्षेत्रमा हामीले काम गर्न जरुरी छ । त्यसको एउटा महत्वपूर्ण माध्यम भनेको खोप हो । त्यसमा हामीले अरु बढाउने गरी प्रयत्न गरिरहेका छौं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *