इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

news-details

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलका राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् ।

राजदूत पण्डितले हिजो राष्ट्रपति हर्जोगलाई फोन गरी सो आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो फोन संवादमा ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशी लगायत सबै बन्धकहरूको सुरक्षित रिहाइ र स्वदेश फिर्ता सुनिश्चित गर्न इजरायलले हर सम्भव प्रयास गरिरहेको बताएका थिए ।

हमास र इजरायलबिच जारी युद्ध विरामको क्रममा दुवैतर्फ बन्धक बनाइका व्यक्तिलाई रिहाइ गर्ने क्रम जारी रहेको छ तर विपिन जोशीको हालसम्म कुनै अत्तोपत्तो छैन ।

जोशीको रिहाइका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्वयं पहल थालेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *