वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि प्रगतिशील र एकीकृतबीच तालमेलको सहमति

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलका आधारमा जाने सहमति भएको छ ।

सहमति अनुसार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको सिफारिसमा द्वितीय उपाध्यक्ष, सचिव र केही सदस्य प्यानलमा उम्मेदवार बन्नेछन् ।

संगठनले द्वितीय उपाध्यक्षमा संस्थाका महासचिव मधुकर रिजाल र सचिवममा संस्थाका सचिव अनिल बोगटीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सदस्यहरूको टुंगो लगाउन छलफल जारी रहेको बताइएको छ ।

मञ्चका तर्फबाट अध्यक्ष पदमा मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव नरेश गेलाल र महासचिवमा मञ्चका अध्यक्ष जनक रावललाई उम्मेदवार बन्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रथम उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवारहरूको नामका लागि छलफल चलिरहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *