यस्तो छ आजको मौसम

news-details

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *