कुम्भ मेलामा भागदौड हुँदा १५ बढीको मृत्यु

news-details

एजेन्सी । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा बढीको मृत्यु भएको छ । प्रयागराजको संगम किनारमा मंगलबार राति भएको दुर्घटनामा अरु धेरै घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१० करोड मानिस सहभागी भएको अनुमान गरिएको विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामा स्नान गर्ने क्रममा भएको भागदौडमा यो घटना भएको हो । भारतको प्रयागराजमा आयोजना गरिएको मेलामा हजारौैको संख्यामा तैनाथ गरिएका सुरक्षाकर्मीहरुलाई भीड नियन्त्रण गर्न मुश्किल भएको छ ।

गत १३ जनवरीदेखि शुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान गरिएको छ । आज बुधबार मौनी अमावस्यको १० करोडभन्दा धेरै भक्तजन कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

हरेक १२ वर्षमा आयोजना हुने कुम्भमेलालाई विश्वको सबैभन्दा ठूलो मानव जमघट हुने मेलाका रुपमा मानिन्छ । कुम्भमेलाको आज सबैभन्दा ठुलो दिन रहेकाले नदीमा नुहाउनका लागि भक्तजनहरुले तछाडमछाड गरिरहेका हुन् ।

हिन्दू धार्मिक मान्यता अनुसार कुम्भ मेलाका नुहाउँदा पापहरूबाट मुक्ति र मोक्ष प्राप्त हुन्छ । एक महिनासम्म चल्ने यो मेलामा विश्वभरका भक्तजनहरुको सहभागिता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *