रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन छलफलका एजेण्डा
- माघ १४, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।
रास्वपाका अनुसार सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम , स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्ध, संसद अधिवेशन तथा सल्लाहकार परिषद र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा छलफल हुने छ ।
0 प्रतिक्रिया
रास्वपा संसदीय दलको बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक […]
पूर्वाधार विकास समितिको बैठक बस्दै
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत […]
कुम्भ मेलामा भागदौड हुँदा १५ बढीको मृत्यु
एजेन्सी । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा बढीको मृत्यु भएको छ । प्रयागराजको संगम किनारमा मंगलबार राति भएको […]
आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै
आज माघ १६ गते, शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज […]
आजको मौसम : तराईमा हुस्सु, काठमाडौं उपत्यकामा आंशिक बदली
जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी […]