आज तीनवटा संसदीय समितिको बैठक बस्दै
- माघ १३, २०८१
- 0
आइतबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।
जसअनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक विहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गरिनेछ ।
यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे सिंहदरवारमा बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ । बैठक बिहानको साढे ११ बजे समिति हलमा बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गरिनेछ ।
0 प्रतिक्रिया
बालुुवाटारमा सत्तापक्षीय दलको बैठक जारी
सङ्घीय संसद्को आशन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा […]
सरकारले ल्याएको पाँचवटा अध्यादेश प्रक्रियाको नियत खोटपूर्ण रहेको रास्वपाको निष्कर्ष
राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको ३ हप्ताअघि हतारहतार काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, […]
युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको छ : दिपक गौतम
जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गौतमले नेपाली युवाहरु धेरै मात्रामा विदेशी रहेको बताएका छन् । सोमबार विश्व युवा […]
कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका […]
‘एलसीके’ वन्डर उमनको चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण समारोह (फोटोफिचर)
काठमाडौं – लायन्स क्लव अफ काठमाडौं वन्डर उमनले आफ्नो चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको […]