आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली
- माघ ११, २०८१
- 0
हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ ।
अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो साताभर रहने महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, राति कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। आगामी २४ घण्टामा कर्णाली
प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
0 प्रतिक्रिया
हरि कटुवालको शब्द र समिक्षा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक (भिडियोसहीत)
गीतकार हरि कटुवालको शब्द तथा गायीका समिक्षा अधिकारीको सुमधुर स्वरमा ‘नयाँ बाटो रोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ । […]
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, आइतबार उपस्थित हुनेगरी छोडियो
सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन । जिल्ला अदालत रुपन्देहीमा आज […]
बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउन सिफारिस
बागमती प्रदेशसभाको अधिवेशन माघ १८ गते बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ । शुक्रबार […]
विकास निर्माण र पूर्वाधारका हिसाबले नेपाल अघि बढिसकेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् । बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति […]
पूर्वमन्त्री श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघको २० औं वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा राष्ट्रिय व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा भव्यताका सम्पन्न गरेको छ […]