गैर हाजिर भएका १५ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
- माघ १०, २०८१
- 0
गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी १५ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
हवलदार र सहायक हवलदार र अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
समाजवादीबाट हंशराज वाग्लेलाई माला लगाउँदै देउवाले फर्काए काँग्रेसमा
व्यवसायी तथा नेकपा (एकीकृत समाजवादी) ओखलढुंगा जिल्लाका अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा फर्किएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार […]
एनआरएनएको एकताको महाधिबेशन : ‘अक्टोबर’ की ‘मे’ मा ?
गैरआवासीय नेपाली संघभित्रको विवाद अदालतमा पुगेपछि आएका भिन्न–भिन्न फैसलाले एनआरएनएको अभियानलाई दुई दिशातिर विभाजन गरेको छ । एनआरएनएको एकताको महाधिबेशन […]
राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा माघ १० गते, बिहीबार एक […]
मधेश प्रदेशमा भाषा सम्बन्धी विधेयकप्रति प्रदेशसभा सदस्यहरुको बिरोध
मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुले मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी […]
एडिबी निर्देशकसँग गृहमन्त्रीले मागे सहयोग
एसियाली विकास बैंक (एडिबी)का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा […]