स्वर्णलक्ष्मी सहकारी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
- माघ ७, २०८१
- 0
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर जोशी रिहा भएका छन् ।
जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पनि ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
0 प्रतिक्रिया
नेपाल व्यवसायी संघ कतारको वार्षिक साधारण सभा : नेपालमा लगानी भित्र्याउने प्रतिबद्धता
कतारमा व्यवसाय गर्ने व्यवसायीहरुको साझा संस्था नेपाल व्यवसायी संघ कतारले बार्षिक साधारण सभा सम्पन्न गर्दै नेपालमा लगानी भित्र्याउने प्रतिवद्धता जनाएको […]
सुर्यदर्शन सहकारी ठगी प्रकरण् : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै […]
स्वास्थ्य बीमामा सुधारका लागि मन्त्री प्रदीप पौडेलद्वारा आन्तरिक थालनी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा […]
अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई
शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक […]
संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय
मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ […]