कर्णाली र कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

news-details

कर्णाली प्रदेश र कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ ।

कर्णाली प्रदेश र कोशी प्रदेश सभाको आजदेखि हुने हिउँदे अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएका छन ।

गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो ।

यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।

यस्तै कोशी प्रदेशसभाको हिउँदे अधिवेशन दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ ।

आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *