लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
- माघ ६, २०८१
- 0
लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ।
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्न पाउने छन् ।
त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।
सचिवालयका अनुसार छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ।
0 प्रतिक्रिया
अधिवक्ता त्रिपाठी माथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको […]
स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश […]
माघ १० गतेदेखि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन
बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ […]
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित […]
सहिदहरुको सम्झनामा जानकी मन्दिरमा दिप प्रज्वलन
बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जानकी मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ । सहिदरुको […]