खो खो विश्वकपको फाइनल आज, उपाधिका लागि नेपाली महिला र पुरूष टोलीले भारतसँग खेल्दै

news-details

भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ ।

आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८स्१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।

नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई हराएर उपाधि भिडन्तमा स्थान बनाई नेपाली खेल समर्थकलाई दोहोरो खुसी प्रदान गर्‍यो।

नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले भुटान, जर्मनी, श्रीलङ्का र बङ्गलादेशलाई हराएर समूह सी विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । युगान्डाविरुद्ध जित निकाल्दै नेपाली महिला टोली फाइनल प्रवेश गरेको हो ।

यस्तै पुरुषतर्फ पहिलो सेमिफाइनलमा यस प्रतियोगितामा अपराजित इरानलाई सजिलै हराएर नेपालको पुरुष टिमले सबैलाई आश्चर्यमा पार्‍यो।

नेपालको पुरुष टिमले प्रतियोगिताको सुरुवात हारबाट गरेको थियो । उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धात्मक स्कोरमा ४२–३७ ले पराजित नेपालले त्यसपछि पेरु, ब्राजिल, भुटान र बङ्गलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *