ग्लोबल आइएमई बैंकले मनायो धान दिवस
- असार १६, २०७६
- 0
ग्लोबल आइएमई बैंकले १६ औँ राष्ट्रिय धान दिवस मनाएको छ । बैंकले राजधानीको टोखा नगरपालिका वडा नं १ स्थित झोर महांकालमा रोपाइ गरी धान दिवस मनाएको हो ।
बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिती रहेको रोपाइमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए ।
बैंकले दिवसको अबसर पारेर धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरेको थियो । साइकल यात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो ।
साथै बैंकले झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान गरेको छ ।
0 प्रतिक्रिया
एनपीएलको ट्रफी धरहरा परिसरबाट अनावरण
नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण भएको छ । धरहरामा एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको […]
चीन भ्रमणको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए परामर्श बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री तथा […]
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले […]
रारा राष्ट्रिय निकुञ्जमा वन फडानी बढ्दो
रारा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन फडानी हुँदै गैइरहेको छ । रारा राष्ट्रिय निकुञ्जले रारा तालको सुन्दरताको लागि संगही सल्लाह, […]
पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणालाई जनतामाझ प्रस्तुत गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं […]