रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश
- पुस २९, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् ।
सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । सोमबार थुनछेक बहस नसकिएपछि
न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतम पठाउने आदेश दिएका हुन् ।
मंगलबार सरकारी बिदा रहेका कारण उनी अब सोमबार र मंगलबार हिरासतमै रहनेछन् ।
0 प्रतिक्रिया
टुँडिखेलमा मगर समुदायको माघीको रौनक (फोटोफिचर)
आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व। घ्यू–चाकु, खिचडी, तरुल आदिको पर्वको पहिचान पाएको यो चाड देशभर हर्षोल्लासले मनाइँदैछ। […]
सार्वजनिक सेवा प्रसारण समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण (पिएसबी) समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् । मंगलबार […]
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि […]
पोखराको स्वागत गेट भत्काइएकोमा मेयर आचार्यलाई धम्कि
पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ। पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले […]
यो वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि हुने
शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा चैत ७ गतेदेखि हुने भएको छ । मंगलबार सुचना जारी […]