जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरु
- पुस २९, २०८१
- 0
स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा आजदेखि सुरु हुँदैछ ।
हिजो आइतबार अदालतमा उपस्थित भएका लामिछानेको बयान लिइएको थियो तर थुनछेक बहस नसकिएको कारण उनलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई आज बिहान १० बजे इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।
यसअघि गत बिहीबार लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
लामिछानेले शुक्रबार काठमाडौं जिल्ला अदालतमा स्वयं उपस्थित हुने बताएका थिए, तर समयाभावका कारण हिजो आइतबार मात्र लामिछाने अदालत पुगेका थिए ।
काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएसम्म लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहनेछन् ।
0 प्रतिक्रिया
रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)
सरकारले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड […]
राष्ट्रिय वाणिज्य बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न […]
राष्ट्र संघको महासभामा भएको सहभागिताले नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध […]
‘प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन्’
कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्र्तगतको कानुन […]