प्रहरी नियन्त्रणका ५ घण्टामा देश निर्माणको रोडम्याप
- शम्भु सुस्केरा
- पुस २७, २०८१
- 0
शासकको बिरोध गर्न पाउनुपर्छ भनेर १४ वर्ष जेल बसेका रे केपी शर्मा ओली ।
आज देशको प्रधानमन्त्री छन् । उनकै बिरोध गर्दा समातिइन्छ । सिडियो र प्रहरी कारबाहीमा परेको चितवन साक्षी छ ।
त्यसैले मंसिर २३ गते बिरोध गर्नै नपाइ समातिएँ म ।
कतै कसैले मेरो बिरोध गरेको देख्यौ भने भन । के कुरामा बिरोध गरेको हो गाडि रोकेर कुरा सुन्छु भनेर प्रहरी र आफ्ना कार्यकर्तालाई भन्नुपर्नेमा, थुन्छन् बा ।
असहमति जनाएको नदेखोस् भनेर गाडि तेस्र्याएर छेक्छ र पक्राउ गर्छ प्रहरी । यो छेक्ने र थुन्ने कार्यप्रति थप असहमति हो हाम्रो ।
त्यसैले जोसिला आँटिला सिमित साथीहरु सडकमा निस्क्यौँ मंसिर २४ गते पनि ।
कालो झण्डा देखाउनेको टाउको फुटाइन्छ भनेर हुँकार गर्दै सुरुङ्गा र दुर्गापुर सडकमा हिँडिरहेका भेटिए केही युवा । बर्को ओडेर घरेलु हतियार लुकाएर बसेका मानिसहरुको बारेमा जानकारी गराउँदा प्रहरीले नयाँ मान्छेको तलासी लिनुको साटो हाम्रा गोजीको कालो झण्डामा हात घुसार्यो ।
प्रहरीले वडा सभापति सम्मको विवरण खोजी गर्न थालेपछि आक्रोसित साथीहरु तातेका थिए गौरादहमा पनि ।
को कहाँ जान्छ, कहाँ बैठक गर्दैछन् जानकारी लिने मात्र होइन पिछा समेत गरेपछि हामी अझ उत्साहित भएका थियौँ । यो रेक्की हाम्रो सुरक्षाका लागि थिएन हामीबाट खतरा महसुश गरेका कारण थियो ।
यही कारण कनकाई १ को जामुनाबारी कटेरो कटेज अगाडिबाट प्रकाश पाठक र अर्जुन उप्रेती समातिए ।
ढूङ्गामुडा त गरेनौँ नि । बिरोध जनाउनु अपराध होइन संवैधानिक अधिकार हो हाम्रा साथी छोड्देउ, नलैजाउ भन्यौँ । तर मानेनन् ।
कि हामीलाई पनि राख की उहाँहरुलाई छोड, भनेर गाडि चढ्न खोज्दै थियौँ ।
एउटा हेण्डम र जोशिलो प्रहरी जवान आएर बुरुक्क उफ्रेर रमेश घिमिरेको ढाडमा लात मारेर भुक्कलुक्क ढाल्यो ।
तब पो शुरू भयो रडाको ।
तीनचार जनाले उनको लाठी समातेका थिए । बिचरा लाठी छाडेर जाँदा जाबो लाठी सम्हाल्न नसकेकोमा ऊ कारबाही पथ्र्यो, जाबो लाठी त गयो दुर्घटनाबाट बचिस् नि भन्ने हुँदैनथ्यो त्यसैले उनी डराए ।
यात्रु बस रोकिए, मानिसहरू थपिए, प्रहरीमाथि धकेलाधकेल शुरुभयो । तर प्रहरी सानो संख्यामा भएकाले संयम देखियो । किन यसो गरेको जवाफ मागौँ, सरी भन्छन् र जान दिऔँ तर प्रहरीमाथि हात नहालौँ । मैले उपाय निकालेँ ।
तर त्यसो भएन । व्यक्ति कुट्ने प्रहरीलाई गाडि चढाएर पठाए, डिएसपी र केही जवानहरू सडकमै पूर्वतिर पैदलै हिँडे ।
साथीहरु प्लेकार्ड बोकेर नारा लगाउन थाले । गाडिका लस्कर थिए जाम लागेका । अपरिचित र नियन्त्रण बाहिरको भिडले अप्रिय घटना नघटाओस् भनेर जाम परेको सवारी साधनलाई अगाडि बढ्न दियौँ । आफ्नो टोलिको एक प्रहरी जवानलाई भिडमा छाडेर डिएसपी अगाडि थिए । ती जवान एक्लै लाठी तानातानमा थिए । मैले त्यो प्रहरी भाइलाई भने तिमी दौडेर जाउ अगाडि ।
मेरो लाठी ?
तीनचार जनाले उनको लाठी समातेका थिए । बिचरा लाठी छाडेर जाँदा जाबो लाठी सम्हाल्न नसकेकोमा ऊ कारबाही पथ्र्यो, जाबो लाठी त गयो दुर्घटनाबाट बचिस् नि भन्ने हुँदैनथ्यो त्यसैले उनी डराए ।
मैले नै भिडबाट उनको लाठी छुटाउन मद्यत गरेँ ।
देश भ्रष्टाचारमा डुब्यो, तपाईहरुले बाँच्न पुग्ने तलब पाउनुहन्न, बेरोजगार युवा परिवार छोडेर विदेसिनु परेको छ यसैका लागि हो यो विद्रोह, यो आवाजले कसैलाई हानी गर्दैन ।
उनलाई एकजना अपरिचितले अँगालो हालेर उनैलाई गाली गर्दै अगाडि लगिदिए ।
तनाव सकियो भन्ने ठानेको त प्रहरीको वनटन गाडिमा पुलिस आएर झ्यापझुप हामीलाई पनि समाए ।
विराटनगरका प्रहरी रहेछन् । दुर्गापुरबाट बिर्तामोड जाउन्जेल उनीहरुसँग गफियौँ ।
देश भ्रष्टाचारमा डुब्यो, तपाईहरुले बाँच्न पुग्ने तलब पाउनुहन्न, बेरोजगार युवा परिवार छोडेर विदेसिनु परेको छ यसैका लागि हो यो विद्रोह, यो आवाजले कसैलाई हानी गर्दैन ।
प्रेम नेउपाने र कमलमोहनले प्रहरीलाई सम्झाइरहनु भएको थियो ।
मस्त सुतेको रविलाई उठाएर नारायणीको तिरैतिर कुधाइन्छ, गोली ठोक्छ कि गाडि खोलामा झार्छ भर छैन ।
श्रीमती, डाक्टर, वकील कसैलाई खबर गर्न दिँदैन । देश बनाउन निस्केको एउटा साहसी नागरिकमाथी यस्तो अत्याचार हुँदा पनि चुप लाग्ने ? तपाईलाई पनि त आफ्नै प्रहरीको यस्तो काम ठिक लागेको छैन ।
त्यो त हो । प्रहरी एक शब्दमा समर्थन जनाइरहेका छन् । कोही खासखुस गर्छन्, अरु सबै हाम्रा कुरा सुनिरहेका छन् ।
केहीबेर अगि फाफाफुफु गर्ने प्रहरी शान्तपूर्वक स्रोता बनेका छन् ।
ओइ तिमीलाई मैले चिनेँ । एकजना हवल्दारले प्रेमलाई भने ।
हो र ! मास्क खोल्नु त ।
ए ! सँगै पढेका रैछौँ । अनि शुरुभयो तँतँ मम मित्रताको ।
थोत्रो गाडिलाई निकैबेर लाग्यो इलाका प्रहरी कार्यालय विर्तामोड पुग्न ।
सिभिल ड्रेसका एकजना प्रहरीले हाम्रो परिचय टिपोट गर्न थाले । कसको नाम के । कसको ठेगाना कहाँ । कसको उमेर कति ? को कुन पदमा हुनुहुन्छ आदिआदि । म भन्दा कम उमेर ठानेका अधिवक्ता पोखरेल मेरा दाइ परे उमेरले, मभन्दा निकै तन्नेरी ठानेका लक्ष्मण बस्नेत एकैसाल एकै महिनाका रहेछन् ।
प्रहरी निरीक्षकको कार्यकक्षमा लगियो । कमलमोहन उप्रेती, दिपक दाहाल, रमेश घिमिरे, प्रेम नेउपाने, लक्ष्मण बस्नेत, शम्भू सुस्केरा र अधिवक्ता सुरेश कुमार पोखरेल थियौँ । हामीलाई पर्खेर बसेका प्रकाश पाठक र अर्जुन उप्रेती पनि मिसिएपछि सोफामा खादखुद ९ जना बसियो ।
सिभिल ड्रेसका एकजना प्रहरीले हाम्रो परिचय टिपोट गर्न थाले ।
कसको नाम के । कसको ठेगाना कहाँ । कसको उमेर कति ? को कुन पदमा हुनुहुन्छ आदिआदि । म भन्दा कम उमेर ठानेका अधिवक्ता पोखरेल मेरा दाइ परे उमेरले, मभन्दा निकै तन्नेरी ठानेका लक्ष्मण बस्नेत एकैसाल एकै महिनाका रहेछन् ।
मैले खुशी मनाएँ ।
थाहा नपाएका धेरै कुरा खुल्छन् विस्तारै । कमल मोहनले भने ।
परिचय सकेपछि मोबाइल मागे प्रहरीले ।
दिनैपर्छ र ? हिजो त साथैमा बोकेको थिएँ । मैले अटेर गर्न खोजेँ ।
दिनुपर्छ सर । प्रहरी मानेन ।
पालैपालो स्विचअफ गर्दै दियौँ । मोबाइलमा स्टिकर टाँसे र स्टिकरमा मोबाइल धनीको नाम लेखेर एउटा झोलामा खाँदे ।
हाम्रा सामग्रीहरु त डिलिट हुन्न नि ? मैले सोधेँ ।
हँदैन सर । हसिला इन्स्पेक्टर राईले जवाफ दिए ।
मलाई त साह्रै भोक लागेको छ । प्रेम न्यौपानेले मलिनता दर्शाए ।
म पनि भोक सहन सक्दिन । प्रकाश पाठकले थपे ।
म पनि उस्तै हुँ तर बोलिन, खान पाएपो बोल्नु ।
आउन पाएको छैन भोक र तिर्खा ।
आऊन पो भरखर आइयो त खान नपाएको त धैरै भयो नि ।
मुस्कुराउँदै हाम्रो संवाद सुनिरहेका इन्स्पेक्टरले बाहिर निस्किँदै भने क्यान्टिनमा केही रहेछ भने खान पाउनुहुन्छ ।
केहीबेरमा जवाफ आयो क्यान्टिनमा केही छैन । बाहिरको खान मिल्दैन रे ।
मेरो त नानी बिरामी थियो । प्रेमजी फेरि करुण सुनिए ।
नानीको आमा, हजुरआमा, छिमेकी, कति छन् कति, तपाई दुईचार घण्टा नभए पनि हुन्छ । मैले मुस्कुराउँदै भनेँ ।
बिहान अस्पताल लगेर ल्याएको कस्तो भयो । बिहानको समय सम्झाए हामीलाई ।
रवि लामिछाने थुनिएको दुई महिना भयो सर । लक्ष्मण बस्नेतले सम्झाए ।
हामीले भनेको मानेनन् सरकारमा गएकाले आएको हो यो समस्या ।
आगो न पानी अरिँगालको गोलोमा हात हालेर हो नि हुन त ।
सही हो ०८४ अघि यिनीहरुलाई चलाउनै नहुने थियो ।
हो । हिजो काकरभिट्टामा ३ जना प्रहरीले समातेका थिए मैले तिनलाई हायलकायल पार्न सकेँ । तर आज ५ जनाले घेरे मैले छिरिक्कै बल गरिनँ । मैले थपेँ ।
विर्तामोडका पूर्व मेयर पक्राउ परे रे नि बालिका बलात्कार केशमा । प्रेमजीले नै समाचारमा आएको कुरा सुनाए ।
उनी ठूला मान्छे, आज उनका ठूला मान्छे पनि यतै आएका छन् छोडिसक्यो होला ।
शम्भु दाइ प्रहरीले मलाई पिँडुलामा नै किन हानेको ? प्रेमजीको बदलिएको प्रसङ्ग सुनेर सबै हाँस्यौँ ।
तपाइँको अनुभवले के भन्छ ?
प्रहरीलाई जित्न र भाग्न सकिन्छ भने बल गर्ने नत्र खुरुखुरु हिँड्ने हो, तिमी भाग्यौ, बल गर्यौ अनि हाने नि । कमलमोहन उप्रेतीले जवाफ दिए ।
हो । हिजो काकरभिट्टामा ३ जना प्रहरीले समातेका थिए मैले तिनलाई हायलकायल पार्न सकेँ । तर आज ५ जनाले घेरे मैले छिरिक्कै बल गरिनँ । मैले थपेँ ।
तपाईलाई त आइडिया थियो नि ।
तर म पनि त पहिलो पटक पक्राउ खाएको हुँ ।
प्रहरी हो नि त तपाई ।
पक्राउ गरिने मान्छेलाई च्याप्प समातेर, लक लाएर वा दुख्ने तर धेरै असर नगर्ने स्थानमा प्रहार गर्छन् । त्यसो गर्दा उसको मनोबल गिर्छ र आफ्नो नियन्त्रणमा रहन्छ ।
कुटाइले दुखेर झन आक्रोसित भएर प्रहरीलाई नै प्रहार गर्न पनि त सक्छ ।
आफूले हान्न खोज्ने मात्र हो तर सकिँदैन । एक हानियो भने दश खाइन्छ ।
मैले जवाफ दिएँ ।
हामीलाई भेट्न आएका साथीहरू, झ्यालबाट हात हल्लाउन थाले । प्रहरीले पर्दा लगाइदिए ।
शम्भु भण्डारी ढोकासम्म आउनुभयो । साथीहरुले घरमा फोन गर्न लगाए ।
म त गर्दिन छिनमै छुटि हालिन्छ ।
प्रधानमन्त्री आज झापामै बसे भने एकरात राख्न पनि सक्छ ।
राति थुन्यो भने पनि मेरा मान्छेले चिन्ता मान्दैनन् ।
त्यस्तो हुन्छ र ?
जबसम्म युरोप, अमेरिका वा विकसित देशमा पढेकाहरुले देश निर्माणको योजना बनाइरहन्छ तबसम्म नेपाली मौलिक विकास मोडल सम्भव हुँदैन ।
हिजो प्रहरी नियन्त्रमै श्रीमती र छोरासँग कुरा भयो । ११ पढ्ने छोराको कुरा सुनेर म झन आँटिलो भएँ ।
कसरी ? सबै मतिर जिज्ञासु हुनुभयो ।
अफिस कोठामा हुनुहुँदो रहेछ, कस्टडी वा कारागारको अनुभव नै भएन नि भन्यो ।
हो हो शम्भु दाइको छोरा त खत्रा छ वाँ पोखरामा गएर मिडियामा अन्तर्वार्ता दिइराथ्यो ।
के हाम्रो देश यस्तै हो यिनीहरुले नै चलाउँछन् ? सुरुभयो देशको दुःख ।
खोस्नुपर्छ यी भ्रष्टहरुको हातबाट ।
सकिएला त ?
सकिन्छ ।
हामी बैकल्पिक शक्ति हौँ भनेर सबै जनता र अन्तराष्ट्रले पत्याइसकेकै छैनन् ।
सबैलाई आश्वस्त पार्नुपर्छ यो देशलाई बिकल्प दिने हामी नै हौँ भनेर ।
भनेर मात्रै हुन्न हौ ठोस भिजन दिनुपर्छ ।
पार्टी संगठन र जनताको काममा जानै पाएका छैनौँ । हामीलाई अन्तै अलमल्याइ दिएका छन् बिरोधीहरुले ।
अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश खारेजी त भन्नैपर्छ ।
स्वास्थ्य शिक्षा निशुल्क गर्नेपर्छ । यत्ति भएत नेपालीहरु विदेश जानै पर्दैन ।
यो सम्भव छ ?
स्वास्थ्य महङ्गो होइन नि ठगिएका हौँ हामी । एउटा अपरेशनका लागि जति सामान किनाउँछ त्यसको ४० प्रतिशत पनि लाग्दैन, सबै उनैले खान्छन् ।
औषधिको मूल्य जति छ त्यसको ५० प्रतिशत पनि पर्दैन ।
निःशुल्क शिक्षा कसरी सम्भव छ त ।
भ्रष्टाचार नियन्त्रण गरेर । पब्लिक र सरकारले साझेदारी गरेर । नागरिकलाई सकारात्मक विभेद गरेर ।
सबै शिक्षक करार तर आर्थिक सुरक्षा हुनुपर्छ, राजनीति गर्न दिनुहुन्न ।
नेपालमै स्वरोजगारीको ज्ञारेन्टी गर्नुपर्छ ।
आधा दर्जन पानीका बोत्तल पिएर सकिए । शौचालय जाने पालो कुर्नै कठिन भइरहेको छ । एकजना प्रहरीको काम हामीलाई पालैपालो शौचालय लाने ल्याउने मात्रै छ ।
योगबाट मन र शरीर दुबै स्वस्थ, यसैबाट व्यक्तिको आयस्तर उक्सिन्छ ।
वैदेशिक कमाई र पर्यटनको लर्को यसैले लगाउँछ ।
योग, अध्यात्म, सांस्कृतिक र प्राकृतिक पर्यटन, अनि खानपान र उपचारमा प्राचीन शैली,
यसले जीवन र जगतकै भलो गर्छ ।
यस्ता कैयन उपायले शिक्षा, स्वास्थ्य र आय आर्जन एकसाथ समृद्धि हासिल गर्न सम्भव छ ।
अँ ह नेपालमा यो सम्भव छैन ।
किन ?
जबसम्म युरोप, अमेरिका वा विकसित देशमा पढेकाहरुले देश निर्माणको योजना बनाइरहन्छ तबसम्म नेपाली मौलिक विकास मोडल सम्भव हुँदैन ।
आधा दर्जन पानीका बोत्तल पिएर सकिए । शौचालय जाने पालो कुर्नै कठिन भइरहेको छ । एकजना प्रहरीको काम हामीलाई पालैपालो शौचालय लाने ल्याउने मात्रै छ ।
त्यही मौकामा बाहिर जाडोमा कठाङ्ग्रिएर बसेका साथीहरुसँग किच्च हाँस्यो हेलो हाइगर्यो हिँड्यो भएको छ ।
कति बजे छोड्छ रे ?
ओली आज झापा बसे भने नछोड्न पनि सक्छ .
माथि कुरा भैराछ एकछिनमा छोड्छ । ओम भण्डारी र शम्भु भण्डारी समन्वय गर्दै हुनुहुन्छ ।
किन समन्वय गर्नुपर्यो थुने थुन्छ ।
होइन यार घरमा चिन्ता गर्छन् ।
ओलीजी गए रे । डिएसपी साब आउनुभयो । अब माथिको आदेश लिएर तपाइहरुलाई छोडिन्छ । इन्स्पेक्टर राई भित्र छिर्दै जानकारी दिए ।
मेरो त भोलि मकै रोप्ने खेताला छन् ।
मैले त मकै रोपी सकेर आको थुने पनि ढुक्कै छु ।
ओलीजी गए रे । डिएसपी साब आउनुभयो । अब माथिको आदेश लिएर तपाइहरुलाई छोडिन्छ । इन्स्पेक्टर राई भित्र छिर्दै जानकारी दिए ।
भोक लाग्यो भने केही खाजा मगाएर खान मिल्छरे । ओम भण्डारीले सुचना दिए ।
अघि बाहिरको खान मिल्दैन भनेको अहिले मिल्छ भन्यो यिनले एक रात थुन्ने नै भए ।
एक रात चीसोमा थुन् भन्ने आदेश आयो होला ।
४ घण्टामा देश निर्माणका यत्रा योजना बने, एक रात बस्न पाए केके हुन्छ ।
१४ वर्ष नबसेको भए ओली कहाँ यत्तिका उखानटुक्का जान्दथे र ।
बिस्कुट र पानी ल्याए साथीहरुले ।
बिस्कुट खाउँ । मैले इन्स्पेक्टरलाई बिस्कुटको हात पसारेँ ।
उनले खान मानेनन् ।
इन्सपेक्टर साबहरुलाई खानको के खाँचो दिनभर कति थोक खानुभयो ।
काँ हुनु ४ बजे उठेदेखि कुधाकुद छ । नौ बजे खाना खाएदेखि पानीसम्म खाइयो होला । छेवैका प्रहरी भाइले भने ।
इन्स्पेक्टर बाहिर निस्किए ।
छिनमै केही प्रहरीहरू आए र भने मेडिकल गर्न जाऔँ अब छुट्नुहुनेछ ।
प्रहरी नियन्त्रणमा रचिएको देश निर्माणको खाका वर्तमान बनोस् बिगत होइन ।
यो अँध्यारो र चिसो रातले भरलाग्दो उज्यालो र न्यानोको दिने आशा, आँट र चिन्तन बोकेर सबै निस्कियौँ आमाको गुँडतिर ।