शैलुङमा यस वर्षको पहिलो हिमपात
- पुस २४, २०८१
- 0
रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ ।
शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ ।
हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरु त्यहाँ पुग्ने गर्दछन् ।
हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थनीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् ।
0 प्रतिक्रिया
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । […]
मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली
दानबहादुर बुढा, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका […]
अर्थतन्त्रलाई बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जिवन, र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण […]
बेसहारा मुसहर बस्ती : पुल मुनिको बास, चिसो रात र भोको पेट
अर्जुन थपलिया, सिरहा । शुभनारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ । बैशाखको टन्टलापुर घामले पिठ्यु […]
इजलासमा रबी लामिछानेले भने ‘बाहिर बसेर मुद्दा लड्न पाउँ, सहकारी पीडितको पक्षमा काम गर्छु’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् । आज इजलासमा न्यायाधीशले बोल्न समय […]