एमाले केन्द्रीय समिति बैठक बस्दैँ
- पुस २१, २०८१
- 0
नेकपा एमालेको केन्द्रीय समिति बैठक बिहान ११ बजेबाट सुरु हुँदैछ ।
बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
साथै, सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्ने छन् ।
बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’ मा ठोस धारणा तय गर्ने छ ।
0 प्रतिक्रिया
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरूको थुनछेक बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । यस मुद्दाका आरोपी राष्ट्रिय […]
मानव हात्ती द्वन्द्व न्यूनिकरणका लागि विशेष प्याकेज ल्याइन्छ : मन्त्री शाही
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव हात्ती द्वन्द्व न्यूनिकरणका लागि सरकार गम्भीर भएको बताएका छन् । झापाको मेची […]
शैलुङमा यस वर्षको पहिलो हिमपात
रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो […]
सशस्त्रका चार डीआईजीको म्याद थप्ने सरकारको निर्णय
सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेको छ । सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह […]
नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज
विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ । […]