सिद्धार्थ बैंक र ‘क्याफोडाट’ कलेजबीच सम्झौता

news-details

सिद्धार्थ बैंकले ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ योजना ल्याएको छ।

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि बमोजिम स्वदेशमा नै उच्च शिक्षा हासिल गरी उद्यमी बन्न चाहने, न्यून आर्थिक अवस्था भएका, सीमान्तकृत तथा विपन्नवर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै यो योजना ल्याएको बैंकको भनाइ छ ।

उक्त कर्जाको कार्यान्वयनको लागि बैंक र कलेज अफ अप्लाइड फूड एण्ड डेरि टेक्नोलोजि कलेजबीच बैंकिङ सम्झौता भएको छ ।

सम्झौता अनुसार फूड तथा डेरी टेक्नोलोजीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडी हुन आउने व्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिनेछ।

उत्त व्याजदरमा नेपाल राष्ट्र बैंकद्वारा ५ प्रतिशत सहुलियत प्रदान गरिनेछ । बैंकले उच्च शिक्षा हासिलगर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सम्पूर्ण शाखामार्फत उपलव्ध गराउने जनाएको हो ।

बैंकका १५६ शाखा, सय साखारहित बैंकिङ्ग, (४ वटा एक्स्टेनसन काउन्टर सहित)तथा १ सय ६९ एटिएमहरु छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *