आजदेखि देशभर जलपक्षी गणना गरिँदै
- पुस २०, २०८१
- 0
देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।
जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना हुन लागेको नेपाल पक्षीविद सङ्घले जनाएको छ ।
गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिएको थियो ।
विगतका वर्षझैँ यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका र सबै प्रमुख सिमसार क्षेत्रमा जलपक्षी गणना गरिनेछ ।
0 प्रतिक्रिया
सशस्त्रका चार डीआईजीको म्याद थप्ने सरकारको निर्णय
सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गर्ने निर्णय गरेको छ । सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह […]
नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज
विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ । […]
उर्जा मन्त्रालयको स्पष्टोक्ति : ‘जगदुल्ला ठेक्का प्रकरणमा मन्त्री खड्काको कुनै संलग्नता छैन’
जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ । उर्जामन्त्री खड्काका स्वकीय […]
‘पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आफैं राजनीतिमा सक्रिय हुन चाहेका हुन्’ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् । […]
उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो : जगदुल्ला हाइड्रोपावर
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा […]