शेरा दरबारको जग्गा फिर्ता ल्याएर दोषीलाई कारबाही गरियोस्, म सहयोग गर्न तयार छु : प्रचण्ड
- पुस १८, २०८१
- 0
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबारको जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् ।
आज राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले शेरा दरबार जग्गा प्रकरणमा माओवादीलाई जोडेर कुप्रचार गरिएको भन्दै जग्गा फिर्ता ल्याएर दोषीलाई कारबाही गर्नुपर्ने र त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताएका हुन् ।
बैठकमा वासुदेव घिमिरेले शेरा दरबार प्रकरणबारे प्रश्न गरेका थिए । त्यसबारे जवाफ दिँदै प्रचण्डले भने, ‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ । मलाई धेरै भन्नु छैन । जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो । यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु ।’
0 प्रतिक्रिया
माओवादी केन्द्रीय समितिको छैठौं बैठक : दोस्रो दिन ८० जनाले राखे धारणा
नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा […]
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो […]
एमाले केन्द्रीय कमिटी बैठक : पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका […]
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक […]
राज्य व्यवस्था समिति बैठकमा ‘चर्काचर्की’, शुक्लाफाँटमा भारतीय हस्तक्षेप रोक्न माग
सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ […]