विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने
- पुस १६, २०८१
- 0
नेत्रविक्रम चन्द सी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २१ फागुनदेखि जनमार्चा सञ्चालन गर्ने भएको छ ।
छैटौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाले झापादेखि कञ्चनपुरसम्म मार्च सञ्चालन गरिने जानकारी दिएको हो ।
देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने निर्णय लिइएको जनाइएको छ ।
यस्तै आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको र त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने जानकारी दिइएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी पार्टीहरूसँग एकता र मित्र पार्टीसँग मोर्चामा सहकार्य गर्ने निर्णय गरेको छ ।
0 प्रतिक्रिया
एमाले केन्द्रीय समिति बैठक : ओलीले पेश गरे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)
नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको । पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा […]
भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताएका छन । काभ्रेको बनेपामा आयोजित नेपाल […]
उर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठुलो अभाव देखिएको बताएका छन् । आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन […]
दीपक मनाङेको मुद्दामा पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)
गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्च अदालतले मनाङेलाई ज्यान […]
एमाले केन्द्रीय कमिटीको बैठक सुरु, ओलीको प्रतिवेदनमाथि छलफल हुँदै
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । आइतबार पार्टी कार्यलय च्यासलमा सुरु भएको बैठकमा पुस १८ गते बसेको […]