मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणाधिन विमानस्थल निरीक्षण
- पुस १३, २०८१
- 0
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन् ।
शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन् ।
तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ ।
मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले वि.स.२०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिए । मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किँने छन् ।
0 प्रतिक्रिया
यूएनडीओको सभापतिमा सोनाम लामा सर्वसम्मतले चयन
डायस्पोरामा रहेका नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)को सभापतिमा सोनाम लामा (अमेरिका) सर्वसम्मतले चयन भएका छन । लामा […]
अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताएका छन् । नेकपा […]
वैकल्पिक विकास वित्तको तयारीमा छौं : अर्थमन्त्री
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् । अर्थमन्त्री […]
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन पुस २० गते
नेपाल राष्ट्रिय व्यवसायी महासंघले पौष २० गते सातौं साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आइतबार काठमाडौंमा […]
प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस
प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेले राईलाई सचिवका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका […]