संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री

news-details

गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरुसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु गर्ने बताए ।

उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौं । संविधानको समिक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । यसमा समय लाग्छ । तर त्यो प्रक्रिया अगाडि बढ्छ । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होईन् थप सुदृढ बनाउने हो । म यो प्रतिवद्धता जनाउँछु ।’

उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध रहेको पनि उनले बताए ।

उनले भने,‘संघीय लोकतन्त्रात्मक शासन प्रणाली व्यस्थामा छौं । संविधानको मूल मर्म भएको हुनाले के आग्रह गर्न चाहन्छु भने नेपाल सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध छ । हामी हमेसा प्रतिवद्ध रहने छौं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *