बालकोट हत्या प्रकरण : बुबा र भाइको हत्या गरेको स्वीकार्दै जेठो छोराले गरे आत्मसमर्पण

news-details

भक्तपुरको बालकोटमा बुबा–छोरा हत्याकाण्डमा जेठो छोराले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । आज जेठो छोरा मिलन आचार्यले महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेका हुन् ।

बालकोटस्थित कोठामा खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण आचार्यको शव फेला परेको थियो । संगै रहेका जेठा छोरा मिलन भने सम्पर्कविहीन भएका थिए ।

प्रहरीमा आत्मसमर्पणपछि मिलनले बुबा र भाइको हत्या आफूले गरेको स्वीकारेका प्रहरीले बताएको छ ।

पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको हत्या गरेको उनको भनाइ रहेको प्रहरीले स्रोतले बतायो । बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले बताएका छन् ।

प्रहरीले उनी मानसिक समस्याबाट गुज्रिरहेका हुन् कि भन्ने अनुमान गरेको छ । उनका बुबा स्कुटरको लाइसेन्स बनाउन खोटाङबाट भक्तपुर आएका थिए ।

मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि इनड्राइभबाट मोटरसाइकल बोलाएर भागेको बताएका छन् । थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *