जनजिवन : एउटा युवा शक्ति जसले अस्थायी रुपमा पान व्यापार गरिरहेका छन्
- पुस ६, २०८१
- 0
नेपाल जीवनस्तर सर्वेक्षणको तेस्रो प्रतिवेदनअनुसार गरिबीको रेखा प्रतिव्यक्ति प्रतिवर्ष १५ हजार ९ सयबाट वृद्धि भई ३७ हजार ८ सय ७९ रुपैयाँ पुगेको देखिन्छ । यस हिसाब नेपालको सालाखाला गरिबीको रेखा प्रतिव्यक्ति प्रतिवर्ष ७२ हजार ९ सय ८ रुपैयाँ निर्धारण गरिएको छ भने तेस्रो सर्वेक्षणमा १९ हजार २ सय ६१ रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं उपत्यकाका बासिन्दाले अन्य क्षेत्रका बासिन्दालेभन्दा बढी मूल्यमा न्यूनतम आवश्यकता पूरा गरिरहेको प्रतिवेदनमा छ । यो यथार्थ हो कि राजधानी शहर भएर नै यहाँको जीवनशैली फरक छ । लिसिङफिसिङ अर्थात् चानचुने कामले चुलो बल्दैन । त्यसमाथि घर घडेरी जोड्ने लालसा अर्को सपना !
विभिन्न उद्देश्य बोकेर उपत्यका छिरेका नागरिकले नै यहाँको घनत्व बढाएका हुन् । पढ्न, कोही व्यापार व्यवसाय सञ्चालन गर्न त कति लोकसेवा पढेर सरकारी सेवामा प्रवेश गर्न । यसरी उपत्यका भित्रिनेहरु आफ्नो भाग्य चम्काउन यस थलोमा एकलव्य भई रहे ।
यहाँका रैथाने बासिन्दाहरु आफ्नो जमिन बेचेर चैन गर्नतिर उद्धत भए । विभिन्न भोजभतेर र विदेश घुमघाममा अहोरात्र जुटे, जुटिरहे । श्रमको सदुपयोग गर्नेहरुलाई बासको आवश्यकता भयो र जसोतसो घर बनाए । क्रमशः बनाउदै गए । छोराछोरी पढाउन पनि यहीँ ठाउँ उपयुक्त मानेर स्कुल भर्ना गरे । अब एकैछिन्, पुराना कुरालाई यही छाडौ ।
यो वर्ष प्रकृतिले आफ्नो शक्ति देखाउनु रहेछ– दशैंको मुखमा देखाई छोड्यो । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण हजारौँ मानिसहरु घरबारविहीन हुन पुगे । धेरैको धनजनको क्षति भयो । बाटो विग्रन पुग्दा दशैंमा धेरैजना आफ्नो जन्म थलो जान पाएनन् । फगत एक्लै परिवार विहीन भएरै कतिले आफु बसेकै ठाउँमा दशैं मनाए ।
दशैं पछिको अर्को ठुलो पर्व तिहारलाई फूलहरुको चाड पनि भनिन्छ । म पर्वकै धुन सरसामान किनेर घर फर्कदै थिएँ, एसन अलीलाई देखेँ र मेरा पाइला अडिए । उनीसँग केही बात मार्नु थियो । मान्छन्, मान्दैनन् ? त्यो उनको इच्छा हो । भरसक मनाउनतिर लागेँ म ।
बाबु, पानको व्यापार कस्तो चलिरहेको छ ? “ठीकै” छोटोमा उनले भने । मलाई भने पानभित्र पसेर अझै केही कुरा गर्नु थियो । हुन त म पानको पारखी होइन तर त्यो विशेष बेलामा जान्नै पर्ने कुरा एसनका मुखबाट बुझ्न हतारिँदै सोधेँ, व्यापारीको छोरासँग व्यापार गर्ने कला छ । त्यहीँ भएर थालेको होला होइन त ?
एसन अली । उनले बाह्र कक्षासम्मको पढाइ सकेर बसेका रहेछन् । अरु अघि बढ्ने पढ्ने कुरा गरेनन् । विदेश जाने कि ? भन्ने मेरो प्रश्नमा “त्यो सोच छैन” पुनः छोटो उत्तर दिए । भोलि पलाउछ कि ? उही प्रश्नलाई पुनः दोहो¥याउदा अली भन्छन्– त्यो त भन्न सक्दिनँ ।
“हजुर, मेरो बुवा व्यापारी हुनुहुन्छ तर यतिखेर यो काम गर्न उहाँको अर्ती बिनै मैले थालेको हुँ । भाइलाई पनि मैले नै सिकाउँदै छु । उता पर उसको छुट्टै स्टल छ । हामी दाजुभाइ मिलेर तिहार विशेषमा पान बेच्दै छौँ । हाम्रो कल्चर फरक हुनाले भाइटीका मनाउँदैनौँ । यसकारण लक्ष्मीपूजा र गोरुपूजा पनि गर्दैनौँ । तपाईलाई थाहा छ नि, हामीहरु इद, बक्रइद मनाउछौँ ।”
मैले थाहा पाएअनुसार उनका हजुरबाले पनि व्यापार नै गर्थे । लत्ताकपडा बिक्री गर्ने मात्रै होइन, सिरक, डस्ना र सिरानी के बनाउनु छ– उनीसँग सबै किसिमको सीप थियो । ती कालिगढले मानिसका घर–घरमा गएर पनि सेवा दिन्थे । जसका बासस्थानमा कपास पिट्न अनुकूल छैन, आफैँले उचित ठाउँ खोजेर आवश्यकता अनुसारको काम समयमा फत्ते गर्थे ।
तिनै व्यापारीका नाती हुन्, एसन अली । उनले बाह्र कक्षासम्मको पढाइ सकेर बसेका रहेछन् । अरु अघि बढ्ने पढ्ने कुरा गरेनन् । विदेश जाने कि ? भन्ने मेरो प्रश्नमा “त्यो सोच छैन” पुनः छोटो उत्तर दिए । भोलि पलाउछ कि ? उही प्रश्नलाई पुनः दोहो¥याउदा अली भन्छन्– त्यो त भन्न सक्दिनँ ।
आफ्ना बुवाको सटर सँगै जस्तो भनौं पेटी बाहिर राखिएको थियो– ‘टि टेवल’ एउटा । रातो कपडाले ढाकिएको सो टेवलमाथि सानाठुला केही बट्टाहरु सजाइएका थिए । मैले उत्सुक भएरै त्यता आँखा फैलाएँ र ती डिब्बाहरुमा के–के छ ? सोधेँ । पहिला बोल्न नचाहे पनि उनी क्रमशः मसँग खुल्न थाले । उनका ग्राहक आएको बेला धैर्यतापूर्वक हेर्थेँ म । पाँच दिनको तिहारमा सबै दिन उही रुपमा पान बिक्छ ? अनि, फाइदा नि ? कुन काममा प्रयोग गर्ने विचार छ ? कि, नयाँ पान पसल खोल्ने ? सटर नै भाडामा लिएर ।
“यहाँ पहिला पहिला जति चहलपहल छैन । भिड हुने यो बाटो नै खुला मैदान सरह छ, अहिले । म हजुरसँग किन झुट बोल्नु ? मेरो हजुरबाको पालादेखिको ग्राहक हुनुहुदो रहेछ । मेरो पढाइ अनुसार पान बेच्नु कुनै काम हो जस्तो लाग्दैन तर खाली बस्नुभन्दा दुई चार दिन भए पनि व्यापार गरौँ न त भनेर तातेको हुँ ।
रौतहटका नागरिक हुन्, एसनका परिवार । पहिला उनका हजुरबाले जिल्ला छोडे । पछि, एसनका बुवाले । बाउछोराको बसोबास लम्बिनु नाती मतलव यसनले यही पढे, नव जीवन शिशु निकेतन् नरेफाटमा । स्कूल पढ्दा उनी आफैँ खाना पकाउथे । भाडा, वर्तन र कोठा सफा गर्थे । त्यही बेलादेखि काम गर्नुपर्छ भन्ने भावना जागृत भएको हो तर स्थायी रुपले कता लाग्ने भन्ने चै अझै तय भएन ।
केही न केही नाफा नभई किन हात हाल्थेँ ? फाइदा हुन्छ भनौँ भने त्यो उधुम पनि छैन । सामान ल्याउन न्यूरोड जानुपर्छ । तीन चार दिनलाई पुग्ने अड्कल गरेर आवश्यक पानमसला एकै पटक ल्याउँछु तर पान पत्ताचाहिँ थोरैथोरै गरेर ल्याउनु पर्छ । त्यसलाई स्टोर गरेर राख्न मिल्दैन । हरियो कलर नमासिने गरी जतन गर्न निकै गाह्रो छ ।”
उसो त पान बेचेरै जीवन निवार्ह गर्ने कति छन् ? ठाउँ–ठाउँमा सटर भाडामा लिएर अहोरात्र यही काममा घोटिएकाहरु पनि नदेखिएका, नभेटिएका होइनन् । एउटा युवा शक्ति जसले अस्थायी रुपमा पान व्यापार गरिरहेका छन्, यो त नगद व्यापार हो । यसमा उधारो चल्दैन । बाँकी खाने, धम्क्याएर खानेसँग त कसको के नै लाग्छ र ? उसो त बोराभित्र चामलमा घुन पुतली नलागेको कहाँ छ ?
नरिवलको धुलो, चेरी, सुप, ल्वाङ, सुकुमेल, ग्लोकोज, मिठा सुपाडीको धुलोलगायत अरु कुन कुन मसलाबाट पान बनाइन्छ । मलाई भने चटपटे तरिका हेर्न निकै रमाईलो लाग्छ । पानको पात अनिवार्य रुपमा चाहियो । एक मिनेटमा एउटा पान बन्दो रहेछ अर्थात् एउटा पान बनाउन मात्र एक मिनेट समय भए पुग्ने देखेँ ।
एसन अलीको स्टलमा मिठा पान प्रतिगोटा तीस रुपैयाँमा धमाधम बिक्री भइरहेको थियो । पानको प्रकृति पाँच सय प्रतिगोटा पनि पर्छ तर यता त्यो पान पाइदैन । अलीले बताएअनुसार भारतमा अनेक थरी पान पाइन्छ । त्यो तुलनामा यता सिमित मात्रामा पाइन्छ ।
रौतहटका नागरिक हुन्, एसनका परिवार । पहिला उनका हजुरबाले जिल्ला छोडे । पछि, एसनका बुवाले । बाउछोराको बसोबास लम्बिनु नाती मतलव यसनले यही पढे, नव जीवन शिशु निकेतन् नरेफाटमा । स्कूल पढ्दा उनी आफैँ खाना पकाउथे । भाडा, वर्तन र कोठा सफा गर्थे । त्यही बेलादेखि काम गर्नुपर्छ भन्ने भावना जागृत भएको हो तर स्थायी रुपले कता लाग्ने भन्ने चै अझै तय भएन ।
यसपाली मलाई आशा छ, एउटा नयाँ मोबाइल किन्न पर्याप्त हुन्छ । के गर्नू सबैका हातमा फोन देख्दा रहर लाग्ने रहेछ । बुझ्नु भयो दिदी, स्याउ कम्पनी नभए पनि चल्छ । जेहोस्, आफ्नो कमाइ खर्च गर्न पाउनु अर्कै आनन्द आउँछ ।
नेपालमा के छैन ? उनलाई सोध्दा भन्छन्– रोजगार छैन । हो ? पक्का हो । होइन होला ? हो तर त्यो रोजगार भन्ने कुरा उडेर आउने चिज, वस्तु वा सामान होइन । बल्कि सेवा हो । यो कुरा बाह्र कक्षा पढेको युवालाई थाहा नभएको होइन । पक्का थाहा छ ।
प्रविधिसँग गाढा घुलमिल हुन रुचाउने अलीको मोबाइल फोन बिग्रेर थन्केको रहेछ । त्यसलाई बनाउन थुप्रै पैसा लाग्ने कुरा सर्भिस सेन्टरले बतायो अरे । भन्छन्, “आफ्नो कमाइ छैन, कसरी बनाऊ फोन ? पाँच दश रुपैयाँ चाहिए पनि अभिभावकबाट मागेर चलाउने मेरो बानी अब पनि कसरी आमाबुवासँग माग्नु ? त्यो पनि फोन बनाउन ।
मैले नै उक्साएर पान बेच्नु पर्छ भनेर हौसला गरेको हुनाले मेरो भाइ मेरो हिसाबमा चल्छ । जब हाम्रो सिजन व्यापार सकिन्छ, तब सामानको भुक्तान बाहेक कति कति कमाइयो । अर्थको सबै हिसाब हुन्छ । अलगअलगै होइन, एकै ठाउँमा । यसपाली मलाई आशा छ, एउटा नयाँ मोबाइल किन्न पर्याप्त हुन्छ । के गर्नू सबैका हातमा फोन देख्दा रहर लाग्ने रहेछ । बुझ्नु भयो दिदी, स्याउ कम्पनी नभए पनि चल्छ । जेहोस्, आफ्नो कमाइ खर्च गर्न पाउनु अर्कै आनन्द आउँछ ।” यति भनेर उनी हाँसे र मलाई पनि हँसाए । अलि पर बसेकी उनकी आमाले के बुझिन्, सँगै तिनी पनि मुस्कुराइन् ।
मान्छे, विदेश विदेश भन्छन् । विदेशमा काम गर्न त्यति सजिलो छैन । बरु त्यति दुःख स्वदेशमै गर्न सक्ने वातावरण बन्ने हो भने परिवारसँगै रहेर बिना सकस बाँच्न सकिन्छ । एसन अली अविवाहित युवा हुन् । भोलि विवाह गर्नु पर्छ । अनि, परिवारको गर्जो उनकै काँधमा हुन्छ । जसरी आमाबुवाले हुर्काए उनलाई । पढाए, लेखाए, ज्ञानी बनाए ।
व्यापारी परिवारका उनी सिजनको विजनेस गर्न चतुर छन् । यदि होइन भने बाबुकै पसलमा दिन चैट नपारेर किन पान व्यापारतिर लाग्थे ? आफूसँगै भाइलाई पनि बाटो देखाए । उनको रगतमा व्यापारी कला छ । अर्को, प्रतिभा लुगा सिलाउने मेशीन चलाउँछन् । यसको अर्थ सीप सिक्दै छन् । त्यही सीपले भोलि काम दिन्छ भन्ने धारणा स्वयंको मनमा उम्रिनु प¥यो । हामी सबै उनको उज्वल भविष्यको लागि अल्लाहसँग निवेदन गर्दछौँ ।