मौसम पूर्वानुमान : देशका पहाडी भू-भागमा आंशिक बदली रहने
- पुस ४, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डययनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
0 प्रतिक्रिया
इप्पानले रजत जयन्ती मनाउने, माघ ४ गते २५ वर्षको उपलब्धि सार्वजनिक गर्ने
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्थापनाको २५ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । इप्पानले बिहीवार ‘इप्पान […]
रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानविन […]
‘संविधानलाई जीवन्त राख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल आवश्यक’
सभामुख देवराज घिमिरेले संविधानलाई जीवन्त बनाइराख्न संवैधानिक कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार राष्ट्रिय शासन सेमिनार […]
नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियर
नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । गौचरण ब्यारेकका […]
रवि लामिछानेको भाइरल फोटोको बास्तविकता के हो ? अनुसन्धान गरिरहेको प्रहरीको दावी
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको प्रहरी हिरासतमा सुतिरहेको भनिएको एक सिसिटिभी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ […]