जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइलनमा

news-details

जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ ।

टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

पहिले व्याटिङ गर्दै जनकपुरले १४० रनको टार्गेट दिएकोमा सुदूरपश्चिमले ९ बल अगाडिनै २ विकेटको क्षतिमा जितको लक्ष्य भेटाएको हो ।

पराजित भए पनि जनकपुरलाई फाइनलमा पुग्ने दोस्रो अवसर बाँकी छ। जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। सो खेलको जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।

फाइनलमा पुग्न जनकपुरले १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गर्‍यो। जनकपुरका ओपनर सइफ जइबले ३२ रन जोड्दा अर्का ओपनर विनोद भण्डारीले नटआउट ५८ रन जोडे। यस्तै ब्रान्डन माक्मलेनले २५ रन जोडदा दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो।

जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए। यस्तै शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे भने हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके। मोहमद मोहसिनले ३ रन र शेर मल्लले ३ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिए भने सइफ जइबले २ विकेट कुगेलेइन र अभिनासले १-१ विकेट हात पारे।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *