‘कतारको राष्ट्रिय दिवस यहाँका जनताको बफादारी, ऐक्यबद्धता र गौरवको वार्षिक स्मरण पनि हो’
- पुस ३, २०८१
- 0
कतारको इतिहासमा राष्ट्रिय दिवसको ठूलो महत्व छ । राष्ट्रिय दिवसलाई कतारमा संस्थापक दिवस पनि भनिन्छ । सन् १८७८ मा मुलुक एकीकरण भएको र शैख जासिम बिन मोहम्मद बिन थानीले बुबाको उत्तराधिकारीको रुपमा कतारी आदिवासीहरुको नेतृत्व सम्हालेको दिनको स्मरणमा कतारमा राष्ट्रिय दिवस मनाइन्छ ।
अर्को शब्दमा भन्ने हो भने आधुनिक कतारका संस्थापक स्वर्गीय महामहिम शैख जसिम बिन मोहम्मद अल थानीले १८७८ मा देशको शासन ग्रहण गरेर आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा अगाडि बढाएको दिनको स्मरणमा हरेक वर्ष १८ डिसेम्बरमा राष्ट्रिय दिवस मनाउँदै आएको पाइन्छ।
राष्ट्रिय दिवस कतारको मूल्य मान्यता तथा यहाँका जनताको बफादारी, ऐक्यबद्धता र गौरवको वार्षिक स्मरण पनि हो । यो विगतबाट प्रेरित, वर्तमानको उत्सव र समृद्ध सम्पदा एवं पहिचान जोगाउने आशाजनक भविष्यलाई हेर्ने दिन पनि हो । त्यसैले राष्ट्रिय दिवसका दिन यहाँ अनेकौं उल्लासपूर्ण गतिविधिहरु गरिन्छन् ।इतिहासको अध्ययन गर्दा त्यसबखत उनले स्थानीयस्तरमा स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान चलाएका थिए । फलस्वरूप उनैको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो ।
शेख जसिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए । उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए । सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाउन थाल्यो ।सोही समयमा कतारमा शेख जसिम नेतृत्वको सेना र अटोमन सेनाबीच युद्ध भयो । कतारी सेनाले अटोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुंगाको रूपमा लिइन्छ ।
यस वर्षको राष्ट्रिय दिवस ‘यसवर्षको मुलनारा हामी तपाईंको प्रशंसा गर्छौं, सिंहासनका प्रभु, हामी सबै कार्यहरूमा तपाईंको निर्णय स्वीकार गर्दछौं ‘We praise you, the Lord of the Throne, We accept your judgment in all actions.’ रहेको छ।
राष्ट्रिय दिवसमा कतारी नागरिकले संस्थापक शैख जासिम बिन मोहम्मद अल थानीप्रति अभिभावक, दाजु, नेता र इमामको रुपमा कृतज्ञता प्रकट गर्दछन । हुन पनि शैख जासिम धर्मपरायण, साहस, बलिदानीको भावना, विद्वता र लगनशीलताका लागि परिचित हुनुहुन्थ्यो । कतारका जनताले उहाँलाई कतार प्रायःद्विपलाई एकीकरण गर्न सक्ने तथा विश्वको यो भूभागले अनुभव गरेको सबैभन्दा अँध्यारो समयमा जनताको हितको ख्याल गर्न सक्ने क्षमावान नेताको रुपमा मान्दछन। उहाँ त्यसबेला काबिला युद्ध, समुद्री डकैती तथा लुटपाटबाट मुलुकलाई चमत्कारिक रुपमा जोगाउन सफल हुनुभयो ।
शैख जासिमको शासनकाल सामाजिक, आर्थिक र जीवनका अन्य सबै पक्षहरुमा सुरक्षा, न्याय र समृद्धिले परिपूर्ण थियो ।वज्बाहमा भएको मुडभेट पछि कतार स्वतन्त्रको मार्गमा द्रुतगतिमा अगाडि बढ्यो र एउटा स्वतन्त्र मुलुकको रुपमा स्थापना भएको स्मरणमा पनि १८ डिसेम्बर ऐतिहासिक दिनको रुपमा रहेको छ।
यस दिन कतारीहरुले आफ्नो घर, कार्यालय, सवारीसाधन लगायतलाई राष्ट्रिय झन्डा र देशभक्तिको भाव प्रदर्शन गर्ने प्रतीकहरुले सजाउँछन् । कतारको झन्डालाई राष्ट्रिय परिचय र गौरवको अतुलनीय संयोजन मानिन्छ । यो कतारको वैभव र प्रतिष्ठाको प्रतीक पनि हो ।
संक्षिप्तमा भन्नू पर्दा कतार गौरवपूर्ण सम्पदाले परिपूर्ण छ । यो प्रत्यक नागरिकलाई सबल र संगठित राख्न सफल मुलुक हो ।
यस वर्षको राष्ट्रिय दिवस ‘यसवर्षको मुलनारा हामी तपाईंको प्रशंसा गर्छौं, सिंहासनका प्रभु, हामी सबै कार्यहरूमा तपाईंको निर्णय स्वीकार गर्दछौं ‘We praise you, the Lord of the Throne, We accept your judgment in all actions.’ रहेको छ।
यो नारा कतार राज्यका संस्थापक उनै शेख जासिम बिन मोहम्मद बिन थानीको प्रसिद्ध कविता मध्ये एकबाट लिइएको हो। नयाँ नाराले देश बनेको जगले बनाएको विकसित विश्वासको व्याख्या गर्दछ। यसले यस भूमिमा बस्ने मानिसहरूको दृढता पनि देखाउँछ। कुनै पनि देशका जनताले स्थिरताको चित्रण गर्छन् भन्ने दर्शाउँछ।सबै सफलताको श्रेय उनै पालनहार सृष्टिकर्ता अल्लाह (इश्वर) लाई नै जान्छ।उनैको फैसलालाइ हामी सहर्ष रुपमा स्विकार्दछौं।