प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
- पुस ३, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धलाई अझ प्रगाढ र मजबुद बनाउने विषय छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीच यसअघि भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन, हाइड्रो इनर्जी आदि क्षेत्रमा हुन सक्ने सम्झौता र सहकार्यका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
0 प्रतिक्रिया
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइलनमा
जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको […]
राष्ट्रपतिद्धारा भारत र मलेसियाका राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम […]
फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएका छन् : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले फ्रि भिसा फ्रि टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भएको बताएका छन् […]
‘कतारको राष्ट्रिय दिवस यहाँका जनताको बफादारी, ऐक्यबद्धता र गौरवको वार्षिक स्मरण पनि हो’
कतारको इतिहासमा राष्ट्रिय दिवसको ठूलो महत्व छ । राष्ट्रिय दिवसलाई कतारमा संस्थापक दिवस पनि भनिन्छ । सन् १८७८ मा […]
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् […]